क्यानडामा हिउँमा चिप्लिएर बिमान पल्टियो, १९ जना गम्भिर घाइते

क्यानडामा हिउँमा चिप्लिएर बिमान पल्टियो, १९ जना गम्भिर घाइते

  • मङ्लबार, फाल्गुन ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

टोरोन्टो, ६ फागुन । क्यानडाको व्यस्त टोरोन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ८० यात्रु बोकेको यात्रुवाहक विमान पल्टिँदा कम्तिमा १९ जना घाइते भएका छन् ।

सो बिमानमा रहेका घाइते मध्ये धेरैको अवस्था गम्भीर रहेको र घाइते हुने मध्येमा एक बालक पनि रहेको बताइएको छ ।

‘आपतकालीन टोलीहरूले प्रतिक्रिया दिइरहेका छन्। सबै यात्रु र चालक दलका लागि लेखा गरिएको छ,’ विमानस्थलले सामाजिक सञ्जालमा पोस्ट गरेको छ।

एयर एम्बुलेन्स कम्पनी ओर्गेले समाचार एजेन्सीहरूलाई भने कि घाइते बच्चालाई टोरन्टोको सिक किड्स अस्पतालमा लगिएको छ भने गम्भीर घाइते भएका दुई वयस्कहरूलाई अन्य क्षेत्रीय अस्पतालहरूमा पठाइएको छ । जहाँ उनीहरूको उपचार जारी रहेको छ।

जबकि दुर्घटनाको कारण अझै अज्ञात भनिए पनि टोरन्टोमा हिम आँधीको बीचमा भारी हावा र हिउँ परिरहेको बेला सो बिमान अवतरण गराइएको थियो । हप्ताको अन्त्यमा अनुमानित २२ सेन्टिमिटरहिउँले एयरपोर्टलाई ढाकेको थियो । धेरैले हिउँमा चिप्लिएर बिमान पल्टेको तर्क गरेका छन, यद्दपी छानबिन प्रकिया सुरू भएको त्यहाँको बिमान प्राधिकरणले जनाएको छ ।

सो बिमानको अमेरिकन कम्पनी डेल्टा एयरलाइन्सद्वारा सञ्चालित थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी