अमेरिकाले विमानमा राखे पछि मात्र भारतीयलाइ दिएका थिए ‘डिपाेर्ट’काे जानकारी

अमेरिकाले विमानमा राखे पछि मात्र भारतीयलाइ दिएका थिए ‘डिपाेर्ट’काे जानकारी

  • सोमवार, फाल्गुन ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

अमृतसर, ५ फागुन । अमेरिकाबाट ११६ अवैध आप्रवासीहरू बोकेको एउटा विमान शनिबार राति अमृतसर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । यससँगै भारतका ती मानिसहरूको अमेरिकामा राम्रो भविष्य निर्माण गर्ने सपना पनि चकनाचुर हुन पुगेको छ ।

पहाड, जङ्गल र समुन्द्रको जोखिमपूर्ण बाटो भएर राम्रो भविष्यको सपना बोकेर अमेरिका गएका यी मानिसहरु सिमानामा नै प्रहरीले समातेका थिए भने त्यस पछि यी मानिसहरूलाई अमेरिकाबाट निष्कासित गरिएको छ । भारत फर्काए पछि यी युवाले आफ्नो पीडा अहिले सुनाउन थालेका छन् ।

एनडीटीभीका अनुसार नवानकोट निवासी मंगल सिंह थिन्द आफ्नो नाति जसनूर सिंहलाई लिन एयरपोर्ट आएका थिए। यस क्रममा उनले भने, ‘एजेन्टले हाम्रो बच्चालाई सिधै अमेरिका लगिने बताएको थियो तर उनलाई कोलम्बिया लगियो र त्यहाँ ३–५ महिना बस्न भनियो । त्यसपछि जहाजबाट पनामा लगियो, जहाँ उनीहरूले घना जङ्गल पार गर्नु परेको थियो। उनीहरूसँग हाम्रो दिनमा दुई पटक कुरा हुन्थ्यो, त्यो बेला हामीले उनीहरू निकै नै दुखित र थकितसमेत भएको देखेका थियौं र मनमा अफसोस लागिरहन्थ्यो कि उनीहरूलाई हामी टाढा पठायौं भनेर ।

सिमा नजिकको पहाडी इलाकाबाट अमेरिका छिरेको दुई–तीन घण्टामै पक्राउ परेको फिरोजपुरका सौरभले बताएका छन । उनको समस्या जनवरी १७ मा सुरु भयो, जब एक एजेन्टले उनलाई अमेरिका पठाउन ४५ लाख रुपैयाँ लिएका थिए । त्यसपछि उनलाई एक हप्ताको लागि मलेसिया, त्यसको १० दिनमा फेरी मुम्बई फर्काइयो र त्यसपछि एम्स्टर्डम, पनामा, तपाचुला र मेक्सिको सिटी हुदैँ अमेरिका नजिक लगिएको थियो। त्यहाँबाट ३–४ दिनको यात्रा गरेर उनीहरू अमेरिका पुगेका थिए ।

अन्ततः सीमा पार त गरे तर पनि उनीहरुको समस्याको अन्त्य भने भएन किनभने लगत्तै पकाउ परेका उनीहरूलाइ प्रहरीले प्रहरी चौकी लगेर शिविरमा पठायो, जहाँ उनीहरु १५–१८ दिन बसेका थिए । उनले भने, ‘कसैले हाम्रो भनाइ लिएको छैन, हाम्रो अपील कसैले सुनेन । हाम्रा हात र खुट्टा बाँधिएका थिए, हाम्रा फोनहरू जफत गरियो र हामी विमानमा चढ्दा हामीलाई देश निकाला गरिएको भनिएको थियो।’

अर्का निर्वासित गुरबचन सिंहका बुबा जतिन्दर पाल सिंहले छोरालाई अमेरिका पठाउन ५० लाख रुपैयाँ तिरेको तर आफूलाई ‘डंकी रूट’बाट लैजान्छ भन्ने थाहा नभएको बताए । भारतमा जागिर पाउन नसक्दा छोरालाई विदेश पठाउनुको विकल्प नभए पछि उनले त्यत्रो रकम खर्चेर अमेरिका पठाएको जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी