पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु

पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु

  • आइतवार, फाल्गुन ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, ४ फागुन । पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा शनिबार ४८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार १८ः०० बजेसम्म खानी भत्किँदा मृत्यु हुने ४८ कामदारको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरूमध्ये एक हो । विश्वका सबैभन्दा गरिब देशमध्येको एक मालीमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न प्रहरी प्रशासनले निकै संंघर्ष गर्दै आएको छ ।

गत जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो । तीमध्ये धेरैजसो महिला थिए । एक वर्षअघि हाल खानी भएको क्षेत्रमा रहेको एक सुन खानीमा सुरुङ भत्किँदा ७० भन्दा बढीले ज्यान गुमाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी