अमेरिकाले अवैध आप्रवासी बोकेको दोस्रो बिमान आज भारतमा उतार्ने

अमेरिकाले अवैध आप्रवासी बोकेको दोस्रो बिमान आज भारतमा उतार्ने

  • शनिबार, फाल्गुन ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

नयाँ दिल्ली, ३ फागुन । संयुक्त राज्य अमेरिकाबाट निर्वासित गैरकानुनी भारतीय आप्रवासीहरू बोकेको दोस्रो उडान शनिबार अबतरण गर्ने भएको छ ।

जसअनुसार १५ फेब्रुअरीको राति १०ः०५ बजे अमृतसर विमानस्थलमा अवतरण हुने भारत सरकारको आधिकारिक स्रोतले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । दोस्रो लटको यो विमानमा १ सय १९ अवैध आप्रवासीलाई अमेरिकाबाट डिपोर्ट गरी भारत ल्याउन लागिएको हो ।

स्रोतका अनुसार अमेरिकाबाट निर्वासित भारतीयहरूलाई लिएर तेस्रो उडान भने आइतबार फेब्रुअरी १६ राति १०ः०५ बजे अमृतसर विमानस्थलमा अवतरण हुनेछ ।

आज हुने विमानमा भने ११९ अबैध भारतीय आप्रावासी यात्रु सवार हुनेछन् । शनिबार राति संयुक्त राज्य अमेरिकाबाट अमृतसर आइपुग्ने विमानमा कुल ११९ एनआरआई यात्रु सवार हुनेछन् । जसमध्ये ६७ जना पञ्जाब, ३३ हरियाणा, १९ जना गुजरात, उत्तर प्रदेश र महाराष्ट्रका हुनेछन्। यो विमान शनिबार राति १०ः०५ बजे अमृतसर विमानस्थलमा अवतरण हुनेछ ।

अमेरिकाबाट आउने विशेष विमानको सुरक्षा व्यवस्था स्थानीय प्रशासन र विमानस्थल प्राधिकरणले गर्न थालेको छ । यस सम्बन्धमा बिदेश मन्त्रालयले नागरिक उड्डयन मन्त्रालयलाई लिखित जानकारीसमेत दिइसकेको छ ।

त्यसो त पहिलो उडान अमेरिकाबाट फेब्रुअरी ५ मा अमृतसरमा नै अबतरण भएको थियो । उल्लेखनीय छ कि गत हप्ता बुधबार अर्थात फेब्रुअरी ५ मा अमेरिकी वायुसेनाको सी–१७ ग्लोब मास्टर सैन्य विमान १०४ अवैध भारतीय आप्रवासी लिएर भारत आइ पुगेको थियो । अवैध आप्रवासीहरूको पहिलो समूह अमेरिकी वायुसेनाको सी–१७ ग्लोबमास्टर सैन्य विमानमा पञ्जाबको अमृतसर एयरपोर्टमा आइपुगेको हो ।

उक्त विमानमा जम्मा १०४ जना यात्रु थिए, जसमा ७९ पुरुष र २५ महिला रहेका थिए । यी १०४ यात्रुमध्ये पञ्जाबका ३०, हरियाणा र गुजरातका ३३–३३, महाराष्ट्र र उत्तर प्रदेशका ३–३ जना र चण्डीगढका २ जना यात्रु रहेका थिए ।

डोनाल्ड ट्रम्प अमेरिकामा पुनः सत्तामा आएको केही सातामै ट्रम्प प्रशासनले अवैध आप्रवासीहरूलाई देश निकाला गर्न सुरू गरेको हो । जसका लागि यो कार्यलाई प्रभावशाली बनाउन ट्रम्प प्रशासनले अमेरिकी वायुसेनाको विमान प्रयोग गरिरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी