ट्रम्पलाई मस्को भ्रमण गर्न पुटिनको निम्तो छ: क्रेमलिन प्रबक्ता

ट्रम्पलाई मस्को भ्रमण गर्न पुटिनको निम्तो छ: क्रेमलिन प्रबक्ता

  • बिहिबार, फाल्गुन १, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

मस्को, १ फागुन । रूसी राष्ट्रपति भ्लादिमर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिएका छन्।

क्रेमलिनका प्रवक्ताका अनुसार आज ट्रम्प र पुटिनका बिचमा करिब डेढ घण्टा कुराकानी गरेका थिए।

क्रेमलिनका प्रवक्ताले रूसको सरकारी स्वामित्वको तास समाचार एजेन्सीसँग कुराकानी गर्दै सो जानकारी दिएका हुन् ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण पछि पुटिन र अमेरिकी राष्ट्रपतिबीच भएको यो पहिलो प्रत्यक्ष सम्पर्क हो।

सो क्रममा मध्य पूर्व, द्विपक्षीय सम्बन्ध, युक्रेन र वाशिंगटन र मस्को बीच कैदी आदानप्रदान सबै छलफल भएको तासले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ

“रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निमन्त्रणा दिनुभयो र युक्रेनी समझौताको विषय सहित पारस्परिक हितका क्षेत्रहरूमा रसियामा अमेरिकी अधिकारीहरूलाई भेट्न आफ्नो तत्परता व्यक्त गर्नुभयो,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने।

`पुटिन र ट्रम्प बिच आमने सामने बैठकको व्यवस्थासहित व्यक्तिगत सम्पर्क जारी राख्न पनि सहमतसमेत भएका छन्, उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी