बिद्युतको तार सर्ट भई १ घरमा आगलागि : लाखौंको क्षती,५ चौपायाको मृत्यु

बिद्युतको तार सर्ट भई १ घरमा आगलागि : लाखौंको क्षती,५ चौपायाको मृत्यु

  • मङ्लबार, माघ २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

रौतहट २९ माघ। सर्लाही जिल्ला स्थित गएराती बिद्युतको तार सर्ट भएर १ घरमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ भने ५ वटा चौपायाको जलेर मृत्यु भएको छ।

स्थानिय रामनगर गाँउपालिका ३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विधुतको तार सर्ट भई सोमवार राती साढे ७ बजे आगलागि हुँदा घर पुर्णरुपमा जली नष्ट भएको हो। सो क्रममा घर भित्र रहेको बाख्रा-५ वटा जली मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर लताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजार सहित जम्मा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताएका छन्।

घटनाको खबर लगत्तै प्रहरी चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको कमाण्डमा १० जनाको टोली खटि गएर प्रहरी र स्थानीयवासीहरुको सहयोगमा १ घन्टा भित्रै आगो पुर्णरुपमा नियन्त्रणमा लिएको सर्लाही प्रहरीको सूचनामा उल्लेख गरिएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी