२७ वर्ष पछि दिल्लीमा भाजपाको कमब्याक, केजरीवाल कमजोर

२७ वर्ष पछि दिल्लीमा भाजपाको कमब्याक, केजरीवाल कमजोर

  • आइतवार, माघ २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, माघ २७ गते । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली विधान सभा निर्वाचनमा शनिबार बहुमत हासिल गरेपछि भारतीय जनता पार्टीलाई दिल्लीमा राज गर्ने बाटो खुलेको हो ।

भाजपाले कमब्याक गर्दा केजरीवालको भविष्य आरोलो लागेको छ । काँग्रेस अझै कमजोर बनेको छ ।

सन् १९९८ पछि लगातार हार बेहोर्दै दिल्ली राजबाट वञ्चित रहेको भारतीय जनता पार्टी यस पटकको विधान सभा निर्वाचनमार्फत आफ्नो बहुमत सुनिश्चित गरेको हो । यसअघि लगातार दुई कार्यकाल दिल्ली शासन चलाएको आम आदमी पार्टीलाई भारतीय जनता पार्टीले पराजित गरेको हो । सो पार्टीका संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई नमिठो हार चखाउँदै दिल्ली शासन आफ्नो हातमा पार्न भारतीय जनता पार्टी सफल भएको हो । यो जितसँगै भारतीय जनता पार्टीले अब दिल्लीमा आफ्नो सरकार बनाउने बाटो खुलेको छ । उता आम आदमी पार्टी दिल्लीबाट सत्ताच्यूत भएको छ ।

अन्तिम मतगणना जारी रहँदासम्म भारतीय जनता पार्टीले ४८ सिटमा जित हासिल गरिसकेको छ । आम आदमी पार्टीले मात्र २२ सिट जित्न सकेको छ । आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई भारतीय जनता पार्टीका परवेशसिंह वर्माले हराउनुभएको हो । उहाँले ३० हजार २४ मत पाउनुभयो । केजरीवाल यस पटक २५ हजार ९२५ मतमा सीमित हुनुभयो ।

भारतीय जनता पार्टीका पुराना नेता साहिवसिंह वर्माका छोरा वर्माले केजरीवाललाई हराएपछि उहाँको चर्चा थप चुलिएको छ ।

उहाँ अब दिल्लीको भावी मुख्यमन्त्रीको दाबेदार बन्नुभएको छ । अरबिन्द केजरीवालले हार स्वीकार गर्दै १० बर्से आफ्नो कार्यकाल दिल्लीको पूर्वाधार विकाससँगै धेरै काम गर्न सकेको दाबी गर्दै जनतालाई धन्यवाद दिनुभयो ।

आम आदमी पार्टीका प्रमुख नेताहरू मनिष सिसोदिया, अवध ओझा र बिबी त्यागीलगायतले पनि हार बेहोर्नुभएको छ । दिल्लीमा सन् १९९८ देखि सन् २०१३ सम्म भारतीय कांग्रेस पार्टीले शासन चलाएको थियो ।

त्यसपछि उठेको भ्रष्टाचार मुद्दाका कारण केजरीवालको आम आदमी पार्टीले लगातार दुई शासनकाल राज गर्ने अवसर प्राप्त गरेको थियो । दिल्लीमा बुधबार विधान सभा निर्वाचनका लागि मतदान भएको थियो । शनिबारदेखि मतगणना सुरु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी