साउदीको जनसंख्या ४.७ प्रतिशतले बृद्दी, कुल जनसंख्याको ४४.४ प्रतिशत बिदेशी

साउदीको जनसंख्या ४.७ प्रतिशतले बृद्दी, कुल जनसंख्याको ४४.४ प्रतिशत बिदेशी

  • शनिबार, माघ २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

रियाद, २६ माघ । विश्वका धेरै देशहरू अहिले घट्दो जनसंख्याको सामना गरिरहेका छन्।

चीन, जापान र दक्षिण कोरियाको जन्मदर घट्दै गएको छ, जनसंख्या बढाउनका लागि उनीहरूले करोडौं धनराशी खर्च पनि गरिरहेका छन तर सोचे अनुसार उपलब्धी छैन, जनसंख्याको हालत ऋणात्मक रहेको छ । साथै, हालैको एक प्रतिवेदनले त घट्दो जनसंख्याका कारण दक्षिण कोरिया हराउन सक्ने विश्वको पहिलो देश बन्न सक्ने दाबी समेत गरेको छ ।

एकातिर विश्वमा जनसंख्याको कमीले खतराको घण्टी बजिरहेको बेला मुस्लिम राष्ट्र साउदी अरबमा जनसंख्या मात्रै बढेको छैन । वास्तवमा, साउदी अरबको जन्मदर विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतको भन्दा बढी हुन पुगेको छ ।

साउदीको तथ्याङ्क प्राधिकरणले सार्बजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउदी अरबको जनसंख्या २०२५ को मध्य सम्म ३५.३ मिलियन पुग्ने जनाइएको छ। उता, साउदी अरबका नागरिकहरू जनसंख्याको ५५.६ प्रतिशत छन् भने साउदी अरबमा विदेशीहरूको ठूलो जनसंख्या छ, जो व्यापार, अध्ययन र जागिरको उद्देश्यले सो देशमा बसिरहेका छन । प्रतिवेदनका अनुसार साउदीको ४४.४ प्रतिशत जनसङ्ख्या गैर–साउदी नागरिकको छ ।

प्रतिवेदन अनुसार सन् २०२३ को मध्यको तुलनामा सन् २०२४ को मध्यसम्म जनसंख्यामा ४.७ प्रतिशतको वृद्धिदर रेकर्ड गरिएको छ । योसँगै सन् २०२४ मा १६ लाख मानिसले वृद्धि भएको छ । यद्यपि मे २०२२ मा वार्षिक वृद्धि ४.६ प्रतिशतमा रेकर्ड गरिएको थियो।

यदि हामीले साउदीको जनसंख्यालाई उमेरको हिसाबले हेर्दा नवजातदेखि १४ वर्षसम्मका बालबालिकाहरू देशको जनसंख्याको ३३.५ प्रतिशत छ तर गैर साउदीको यो संख्या ८.६ प्रतिशत हो । साउदी नागरिकहरूको लागि १५ देखि ६४ वर्षको जनसंख्या ६२.७ प्रतिशत छ भने गैर–साउदी जनसंख्या १५ देखि ६४ वर्ष उमेर समूहमा ८९.९ प्रतिशत छ। जुन साउदी अरबका जनताको भन्दा धेरै हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी