इरानद्वारा नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन

इरानद्वारा नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन

  • आइतवार, माघ २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

इरानका राष्ट्रपति मसूद पेजेस्कियानको उपस्थितिमा आयोजित एक समारोहमा इरानले एक हजार ७०० किलोमिटर टाढा मार हान्न सक्ने नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रलाई सार्वजनिक गरेको छ ।

फारसी भाषामा ‘इतेमाद’ नाम दिइएको उक्त क्षेप्यास्त्रको अधिकतम मार हान्ने क्षमता एक हजार ७०० किलोमिटर रहेको र यो इरानी रक्षा मन्त्रालयले निर्माण गरेको ‘सबैभन्दा पछिल्लो ब्यालिस्टिक क्षेप्यास्त्र’ भएको इरानी सरकारी टेलिभिजनले उल्लेख गरेको छ ।

इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमले मध्यपूर्वलाई अस्थिर बनाएको आरोप लगाउँदै पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् ।

यो नयाँ स्वरूपको क्षेप्यास्त्रसहित इरानका क्षेप्यास्त्रहरू आफ्नो कट्टर शत्रु इजरायलसम्म पुग्न सक्षम छन् । इरानले यि क्षेप्यास्त्रलाई गत वर्ष गाजा युद्ध सुरूभएपछि दुई पटक प्रयोगमा ल्याएको छ ।

“रक्षा क्षमता र अन्तरिक्ष प्रविधिको विकास कुनै पनि देशले इरानी भूमिमा आक्रमण गर्ने दुस्साहस नगरून् भन्ने उद्देश्य हो,” पेजेस्कियानले टेलिभिजनमार्फत् गरेको एक सम्बोधनमा भन्नुभयो । सन् १९७९ फेब्रुअरी १० मा भएको इस्लामी गणतन्त्रको स्थापनाको ४६ औं वर्षगाँठको केही दिन अघि र इरानको राष्ट्रिय अन्तरिक्ष दिवस को अवसरमा आयोजित समारोहमा यो नयाँ क्षेप्यास्त्रको प्रदर्शन गरिएको हो ।

आफ्नो पहिलो कार्यकालमा इरानमाथि ’अधिकतम दबाब’ को नीति अपनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि तेहरानले ठूलो सैन्य अभ्यास र भूमिगत सैन्य अखडाको प्रस्तुतिसहित थुप्रै शक्ति प्रदर्शन गरेको छ ।

साथै, तेहरानले दशकौंदेखि पश्चिमा मुलुकहरूसँगको तनावको विषय बनेको आफ्नो आणविक कार्यक्रमलाई लिएर वार्ता पुनः सुरु गर्न इच्छुक रहेको सङ्केत दिएको छ ।

सन् १९७९ को इस्लामिक क्रान्तिपूर्व आफ्नो अधिकांश सैन्य उपकरण तत्कालीन सहयोगी अमेरिकाबाट खरिद गरेको इरानले पछि वासिङ्टनले सम्बन्ध तोडेर प्रतिबन्ध लगाएपछि इरानले आपूलाई हतियारमा आत्मनिर्भर बनाउने कदम चालेको देखिन्छ ।

सन् १९८० देखि १९८८ को बीचमा इराकसँगको विनाशकारी युद्धका बेला हातहतियार प्रतिबन्धको सामना गरेको इरानले अहिले क्षेप्यास्त्र, हवाई प्रतिरक्षा प्रणाली र ड्रोनलगायत स्वदेशमा विकसित हतियारको पर्याप्त भण्डार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी