महाराष्ट्रको भण्डारामा रहेको सेनाको हतियार कारखानामा शुक्रबार बिहान विस्फोट भएको छ। दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। विस्फोटको आवाज ५ किलोमिटर टाढासम्म सुनिएको थियो।
भण्डाराका कलेक्टर संजय कोल्टेले बिहान करिब १०ः३० बजे विस्फोट भएको बताए। विस्फोटका कारण छाना भत्किएको छ, जुन जेसीबीको सहयोगमा हटाउने काम भइरहेको छ। त्यसको मुनि १२ जना पुरिएको आशंका छ। २ जनालाई बाहिर निकालिएको छ। उद्धार जारी छ। यद्यपि, समाचार एजेन्सी पीटीआईले १३र१४ जनालाई उद्धार गरिएको जनाएको छ।
आधिकारिक स्रोतका अनुसार जवाहर नगर क्षेत्रमा रहेको कारखानाको एलटीपी ९दीर्घकालीन योजना० खण्डमा विस्फोट भएको थियो। विस्फोटको समयमा उक्त खण्डमा १४ जना कामदार काम गरिरहेका थिए, जसमध्ये तीन जनालाई उद्धार गरिएको छ भने एक जनाको मृत्यु भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline