अमेरिकाको राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै

अमेरिकाको राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै

  • सोमवार, माघ ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

वासिंगटन डिसी, ७ माघ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ लिदैँछन्।

तर, वासिंगटन डिसी कडा चिसोको कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण गर्ने भएका हुन्।

सन् १९८५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार (जनवरी २०) मा माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएकाले सपथ बन्द कोठामा लिन लागिएको हो ।

साथै, १५० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोहमा विदेशी नेता सहभागी हुने भएका छन् । डोनाल्ड ट्रम्पले चिसो मौसमका कारण क्यापिटल रोटुण्डामा सपथ ग्रहण समारोह आयोजना गर्न आदेश दिएको पुष्टि गरेका छन् ।

जानकारीका अनुसार राष्ट्रपतिको सम्बोधनका साथै अन्य भाषण अब भवन बाहिर नभई युएस क्यापिटलको रोटुण्डा भित्र हुनेछ । उद्घाटन परेड पनि लगभग १.६ किलोमिटर टाढा वाशिंगटनको क्यापिटल वन एरेनामा हुनेछ। पछिल्लो पटक सपथ ग्रहण समारोह पूर्व रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनको दोस्रो कार्यकालको लागि घर भित्र नै आयोजित गरिएको थियो।

उनले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथ ग्रहण पछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन ।

ट्रम्पले आफ्नो पोस्टमा भनेका छन् कि क्यापिटल वन एरिनामा दिउँसो ३ बजेको लागि निर्धारित विजय र्‍यालीसहित अन्य सबै कार्यक्रमहरू उस्तै रहने छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी