तेल अभिभ । गाजामा इजरायल र हमासबिच युद्धविराम सुरु भएको छ । युद्धविराम सम्झौता अन्तर्गत रिहा गर्ने तीन महिला बन्दीको नाम प्यालेष्टिनी सशस्त्र समूह हमासले सार्वजनिक गरेसँगै युद्धविराम लागू भएको हो ।
यसअघि हमासले सम्झौताअन्तर्गत रिहा गर्ने तीन जना महिला बन्दीको नाम सार्वजनिक नगर्दासम्म युद्धविराम लागू नगर्न इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायले रक्षा बललाई आदेश दिएका थिए ।
स्थानीय समयअनुसार बिहान ११ः१५ मा युद्धविराम लागू भएको छ । यो यस अघि बताइएको समयभन्दा केही घण्टा ढिला हो ।
युद्धविराम लागू भएपछि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री बेन–गिभिरले राजीनामा दिएका छन् ।
युद्धबिरामपछि निरन्तर ईजरायली आक्रमणले आजित बनेका प्यालेष्टाईनी नागरिकहरु भने खुसी भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline