चीनको तिव्वतमा भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

चीनको तिव्वतमा भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

  • मङ्लबार, पुस २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

पुष २३ काठमाण्डौँ । मंगलबार बिहान चीनको तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ।

तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

त्यस्तै १३० जना भन्दा बढी घाइते रहेको पनि समाचारमा उल्लेख छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएर क्षति न्यूनिकरण गर्न निर्देशन दिएका छन्। सयौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका छन्।

बिहान ६ ः ५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो।

काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए। काठमाडौंको स्‍युचाटारमा एक जना पुरूषले घरको छतबाट हामफालेर घाइते भएका छन्।

बारामा कलेजका बिद्यार्थीहरु बेहोस् बनेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी