क्यानडाको प्रधानमन्त्री ट्रुडोद्दारा राजिनामाको घोषणा

क्यानडाको प्रधानमन्त्री ट्रुडोद्दारा राजिनामाको घोषणा

  • मङ्लबार, पुस २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

ओटावा, २३ पुस । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा गर्ने घोषणा गरेका छन् ।
पार्टी भित्रको आन्तरिक कलह, बिपक्षीको प्रश्नसहित अमेरिका र भारत बिचको बिग्रदो सबन्धका बिचमा ट्रुडोले राजिनामा दिने घोषणा गरेका हुन् ।

रिडेउ कोटेजमा रहेको आफ्नो निवास सम्बोधन गर्दै ट्रुडोले आफ्नो उत्तराधिकारीको चयन नभएसम्म आफू प्रधानमन्त्रीको पदमा रहनेसमेत जनाएका छन् ।

‘पार्टीले बलियो र राष्ट्रव्यापी प्रतिस्पर्धात्मक प्रक्रियाबाट अर्को प्रधानमन्त्री चयन गर्ने समय दिदैँ म पार्टीको नेता र प्रधानमन्त्रीको रूपमा राजीनामा दिएको घोषणा गर्न चाहन्छु। हिजो राती नै मैले लिबरल पार्टीका अध्यक्षलाई त्यो प्रक्रिया सुरु गर्न आग्रह गरिसकेको छु, ट्रूडोले राजिनामा घाेषणाकाे सम्बोधनमा भने ।

‘यो देश अर्को चुनावमा वास्तविक छनौटको योग्य उम्मेदवार मिल्नेछर यो मलाई स्पष्ट भएको छ कि यदी मैले आन्तरिक लडाईहरू लड्नु परिरहेको छ भने म त्यो चुनावसम्ममा सबैभन्दा राम्रो विकल्प हुन सक्दिन,’ ट्रूडोले भने।

प्रधानमन्त्रीले भने कि गभर्नर जनरल मेरी साइमनले मार्च २४ सम्म संसद निलम्बन गर्न उनको अनुरोधलाई स्वीकार गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी