ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी

ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाबिरुद्द अर्को पक्राउ पुर्जी जारी

  • सोमवार, पुस २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

ढाका, २२ पुस । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले बंगलादेशकी निर्वासित पुर्व प्रधानमन्त्री शेख हसिनासहित ११ जना बिरूद्द पक्राउ पुर्जी जारी गरेको छ ।

हसिनासहित उनका पूर्व रक्षा सल्लाहकार मेजर जनरल (रिटायर्ड) तारिक अहमद सिद्दिकी र पूर्व प्रहरी महानिरीक्षक बेनजिर अहमदलगायत ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

ढाका ट्रिब्युनका अनुसार विगत १५ वर्षमा ब‌‌गलादेशमा भएका जबर्जस्ती बेपत्ता र गैरन्यायिक हत्याको आरोपमा उक्त पक्राउ पुर्जी जारी गरिएको हो।

मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामको निवेदनमा न्यायाधीश मोहम्मद गुलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको न्यायाधिकरणले यस्तो आदेश दिएको हो । आईसीटीले पक्राउ परेकाहरुलाई फ्रेबुअरी १२ भित्र पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

साथै, न्यायाधिकरणले अन्य मुद्दामा हाल थुनामा रहेका मेजर जनरल (बरखास्त) जियाउल अहसानलाई पनि पक्राउ गरी सोही मितिमा हाजिर गर्न आदेश दिएको छ। जबर्जस्ती बेपत्ता पारिएका पीडित र उनीहरूका परिवारहरू न्यायाधिकरणमा उपस्थित थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी