ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा

ट्रम्प बिजयी भएको कमला ह्यारिसले आज संसद गर्दैछिन औपचारिक घोषणा

  • सोमवार, पुस २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

वासिङटन, २२ पुस । अमेरिकन उपराष्ट्रपति कमला ह्यारिसले आज डोनाल्ड ट्रम्पको बिजयको औपचारिक घोषणा गर्दैछिन् ।

अमेरिकामा गत नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचनमा ट्रम्प विजयी भए पनि अमेरिकी प्रचलन अनुसार परिणाम आएको एक महिना पछि सिनेट अध्यक्षले त्यसको जानकारी गराउने सिलसिलामा ह्यारिसले सो जानकारी गराउन लागेकी हुन् ।

उक्त निर्वाचनमा ट्रम्पले ३१२ इलेक्टोरल भोट पाएर बिजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी कमलाले २२६ इलेक्टोरल भोटमा सिमित हुनु परेको थियो । जबकी जीत हासिल गर्नका लागि राष्ट्रपतिको उम्मेदवारलाई २७० इलेक्टोरल भोट आवाश्यक पर्छ ।

ट्रम्पको जित नोभेम्बर ६ मा तय भए पनि यसको औपचारिक घोषणा जनवरी ६ मा हुन लागेको हो । सो दिन अमेरिकी संसदको संयुक्त सत्र क्यापिटल हिलमा इलेक्टोरल कलेजको मत गणना हुनेछ। उपराष्ट्रपति कमला ह्यारिस सिनेटको अध्यक्ष भएकाले यो प्रक्रियाको अध्यक्षता उनले गर्नु पर्नेछ ।

जनवरी ६ मा भएको चुनावी मतगणनापछि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए भने उनले जनवरी २० मा मात्रै पद तथा गोपनीयताको शपथ लिने छन् । सपथ ग्रहणअघि ट्रम्पले परम्परागत चलन अनुसार वर्तमान राष्ट्रपति जो बाइडेनलाई भेट्ने छन् र सरकार हस्तान्तरणका बारेमा कुराकानी गर्नु पर्ने हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी