अमेरीकामा नयाँ वर्षको उत्सव मनाईरहेको भीडमाथि गाडी कुदाईयो, १५ जनाको मृत्यु

अमेरीकामा नयाँ वर्षको उत्सव मनाईरहेको भीडमाथि गाडी कुदाईयो, १५ जनाको मृत्यु

  • बिहिबार, पुस १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

अमेरिकामा नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाएर १५ जनाको हत्या भएको छ।

अमेरिकाको लुइसियाना प्रान्तस्थित न्यू ओर्लिन्सको बार्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेको भिडमा एक संदिग्धले ट्रक कुदाएर १५ जनाको हत्या गरेका हुन्।

फ्रेन्च क्वार्टर पनि भनिने उक्त स्थानमा नयाँ वर्ष मनाउन सयौं मानिसहरू जम्मा भएका थिए। स्थानीय समयअनुसार बिहान ३स्१५ बजे एक संदिग्धले भिडमा ट्रक कुदाएपछि गाडीभित्रैबाट गोलीसमेत चलाएका थिए।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार १५ जनाको मृत्यु र कम्तिमा ३५ जना घाइते भएका छन्। घाइते हुनेमा दुई प्रहरी पनि छन्।

भिडमा ट्रक कुदाउँदै गोली चलाएपछि त्यहाँ उपस्थित प्रहरीले जबाफी गोली चलाएको थियो। प्रहरीको गोली लागेर संदिग्धको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

संदिग्ध ४२ वर्षीय शमशुद दिन जब्बर रहेको खुलेको छ।

समाचार संस्था रोयटर्सले उनी अमेरिकी सेनाको निवृत्त सैनिक रहेको भनेको छ। उसले चलाएको ट्रकमा आइएसआइएसको झन्डा लगाएको पनि भनिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी