जिमी कार्टरको अन्त्येष्टिमा ट्रम्प सहभागी हुने

जिमी कार्टरको अन्त्येष्टिमा ट्रम्प सहभागी हुने

  • बुधबार, पुस १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प हालै दिवङ्गत भएका अमेरकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि समारोहमा सहभागी हुनेभएको बताइएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सवयंले पूर्व राष्ट्रपति जिम्मी कार्टरको अन्त्येष्टिमा सहभागी हुने बताउनुभएको हो ।

ट्रम्पले फ्लोरिडास्थित आफ्नो मार–ए–लागो स्थित निवासमा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित समारोहका क्रममा पत्रकारहरूसँगको कुराकानीका क्रममा अन्त्येष्टि समारोहमा सहभागी हुने कुरा सार्वजनिक गर्नुभएको हो ।

“हामीलाई निमन्त्रणा गरिएको छ, म त्यहाँ हुन्छु” ट्रम्पले भन्नुभयो ।

कार्टरको परिवारका कुनै सदस्यसँग कुरा भएको छ कि छैन भनेर सोधिएको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “म भन्न चाहन्नँ।”

सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका कार्टरले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा मेलमार्फत मतदान गर्नुभएको थियो ।

एक सामान्य कृषकबाट अमेरिकाको सर्वोच्च प्रशासकीय पदको नेतृत्व गर्न सफल कार्टरको अन्त्येष्टि शनिबार उहाँको गृह राज्य जर्जियाबाट सुरु हुनेछ र जनवरी ९ मा वासिङ्टन नेसनल क्याथेड्रलमा समापन हुनेछ । समारोहमा अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प अन्य महानुभावहरूसँगै उपस्थित हुने अपेक्षा गरिएको छ।

आफ्नो कार्यकालको अन्तिम दिनहरूमा रहनुभएका राष्ट्रपति जो बाइडेनले दिवङ्गत पूर्व राष्ट्रपतिले शोक सभामा उहाँले अमेरिका र विश्वप्रति गरेका कार्यहरूको चर्चा गर्ने अपेक्षा गरिएको छ ।

सन् २०१८ मा पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको निधनपछि ट्रम्प पूर्वराष्ट्रपतिहरू कार्टर, बाराक ओबामा र बिल क्लिन्टनका साथै उनीहरूका पति÷पत्नीका साथ राजकीय अन्त्येष्टिमा सहभागी हुनुभएको थियो ।

वासिङ्टनमा हुने शोक सभापछि कार्टरको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि जर्जियामा लगिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी