दक्षिण कोरीयाका पूर्व राष्ट्रपति बिरुद्ध पक्राउ पूर्जी जारी

दक्षिण कोरीयाका पूर्व राष्ट्रपति बिरुद्ध पक्राउ पूर्जी जारी

  • मङ्लबार, पुस १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको हो।

पूर्वराष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए।  चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो।

युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई राष्ट्रपति पदबाट हटाइयो।

युनको मार्सल ल लागू गर्ने निर्णयविरुद्ध अनुसन्धान भइरहेको छ। उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका लागि तीनवटा समन पठाए पनि उनले बेवास्ता गरेका थिए। त्यसपछि उनीविरुद्ध यो वारेन्ट जारी भएको हो।

वारेन्टमार्फत अदालतले अनुसन्धानकर्ताहरूलाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी