भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन,m भारतमा सात दिन राष्ट्रिय शोकको घोषणा

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन,m भारतमा सात दिन राष्ट्रिय शोकको घोषणा

  • बिहिबार, पुस ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षीया सिंहको ९२ बर्षको उमेरमा बिहीबार साँझ दिल्लीको एम्स अस्पतालमा निधन भएको हो। बिहीबार साँझ उनलाई अस्पताल भर्ना गरिएको थियो।

साँझ ८ बजेर ६ मिनेट जाँदा उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। तर, उनलाई ब्युँताउने सबै प्रयास असफल भएपछि ९ बजेर ५१ मिनेट जाँदा उनलाई मृत घोषित गरिएको एम्स अस्पतालले एक विज्ञप्ति जारी गर्दै बताएको छ।

दुई कार्यकाल प्रधानमन्त्री रहेका सिंहलाई पदमा रहुञ्जेल जहिले पनि सोनिया गान्धीको ‘छाया’का रुपमा चित्रित गरियो। तर, पदबाट हटेपछि भने उनलाई ‘अन्डररेटेड’ प्रधानमन्त्री भन्नेहरूको संख्या ह्वात्तै बढेको छ।

सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए। उनी भारतको आर्थिक सुधारका रचयिता मानिन्छन्। आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरे। टाट पल्टाइको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि उनैलाई दिइन्छ।

सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल सो पदमा रहे। पछिल्लो पटक उनको सरकार भ्रष्टाचार काण्ड, महँगी र भयानक आतंकवादी हमलाको चपेटामा पर्‍यो।

गठबन्धन सरकारको नेतृत्व गरेर पनि उनले विदेशी लगानी खोल्ने र अमेरिकासँग आणविक सम्झौता गर्नेजस्ता कठिन निर्णयमा दृढता देखाए।

१९३२ मा हाल ब्रिटिस भारतको हाल पाकिस्तानमा पर्ने पञ्जाबमा जन्मिएका उनी उर्दु माध्यमको स्कुलमा पढेका थिए। विभाजनपछि उनको परिवार राजस्थान सर्‍यो।

अक्सफोर्डबाट अर्थशास्त्रमा डक्टरेट गरेर फर्केपछि उनले भारतमा प्राध्यापन र विभिन्न मन्त्रालय तथा आयोगमा रहेर काम गरे।

१९९० मा प्रधानमन्त्री चन्द्रशेखरको सल्लाहकार रहेका उनलाई पीभी नरसिंह रावले अर्थमन्त्री बनाएका थिए।

यसैबीच भारत सरकारले सिंहको निधनमा सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी