कजाकस्तानमा ७२ यात्रु सवार विमान दुर्घटनाग्रस्त

कजाकस्तानमा ७२ यात्रु सवार विमान दुर्घटनाग्रस्त

  • बुधबार, पुस १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

कजाकिस्तानमा ६७ यात्रुसहित उडेको एक विमान बुधबार दुर्घटनाग्रस्त भएको छ ।

कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जना जीवितै अवस्थामा उद्धार गरिएको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ ।

एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ ।

अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरूले बताएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

अजरबैजान एयरलाइन्सको जे२–८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी