टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

  • मङ्लबार, पुस ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताउनुभएको छ ।

इस्माइल उस्ताओग्लुले भन्नुभयो,“प्रारम्भिक जानकारी अनुसार बालिकेसिरको कारेसी जिल्लामा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ ।”

फुटेजमा प्लान्ट बाहिर छरिएका काँच र धातुका टुक्राहरू देखाइएको थियो ।

गभर्नरले विस्फोट बिहान ८ः२५ बजे प्लान्टको एक भागमा भएको बताउनुभयो, जसले गर्दा भवनको केही भाग ध्वस्त भएको थियो ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी