सिरीयामा असद सत्ता ढाले लगत्तै ईजरायली आक्रमण, अरब देशहरुद्धारा भत्र्सना

सिरीयामा असद सत्ता ढाले लगत्तै ईजरायली आक्रमण, अरब देशहरुद्धारा भत्र्सना

  • मङ्लबार, मंसिर २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

एजेन्सी मंसीर २५ । सिरीयामा विदेशी शक्ति समर्थित विद्रोहीले देश कब्जा गरे लगत्तै सिरीयामा ईजरायलले देशै भरी आक्रमण गरेको छ । सिरीया बोर्डरमा इजरायली सेना जमिनी हमलाको लागि पनि तयारी अवस्थामा छ ।

बसर अल असदले देश छाडे लगत्तै ईजरायलले गरेको आक्रमणको अरब देशहरुले भत्र्सना गरेका छन् ।

सिरीयाको सीमा क्षेत्र गोलन हाईटस्मा ईजरायली सेनाले जमिन कब्जा गरेको भन्दै साउदी अरेबिया, कतार र ईराकले भत्र्सना गरेका हुन् ।

कतारको विदेश मन्त्रालयले सिरीयामा ईजरायली आक्रमण र जमिन कब्जा अन्तराष्ट्रिय कानुन विपरीत र सिरीयाको सार्वभौम सत्ता बिरुद्धको खतरनाक आक्रमण भन्दै भत्र्सना गरेको छ ।

यसै गरी साउदी अरेबिया र इराकको विदेश मन्त्रालयले सिरीयामा ईजरायली आक्रमणको कडा निन्दा गर्दै यसलाई तत्काल रोक्न माग गरेका छन् ।

सिरीयाली राष्ट्रपति बसर अल असदले देश छाडेर भागे लगत्तै विद्रोहीहरुले नयाँ सरकार गठनको पहल गरीरहेका बेला ईजरायलले आक्रमण तीव्र पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी