विद्रोही राजधानी प्रवेश गर्न थालेपछि भागेका सिरीयाका राष्ट्रपति रुस पुगे

विद्रोही राजधानी प्रवेश गर्न थालेपछि भागेका सिरीयाका राष्ट्रपति रुस पुगे

  • सोमवार, मंसिर २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं । विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् ।

मिडिया रिपोर्टका अनुसार सिरियाका राष्ट्रपति असदलाई रुसले शरण दिएको छ । असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रुसले शरण प्रदान गरेको स्रोतलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

विद्रोही समूह हयात तहरिर अल शाम ९एचटीएएस० आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।

तर उनी परिवारसहित कहाँ गए भन्ने खुलेको थिएन । कतिपयले असद चढेको प्लेन दुर्घटना भएको अफवाह फैलाएका थिए ।

बसर अल असद २४ वर्षदेखि सिरियाको सत्तामा थिए । असद परिवारको शासन भने ५० वर्षसम्म चलेको थियो ।

सिरियामा सन् २०११ मा राष्ट्रपति असदविरुद्ध सुरु भएको शान्तिपूर्ण र लोकतन्त्र समर्थित एक विद्रोह गृहयुद्धमा परिणत भएको थियोे । यो लडाइँमा पाँच लाख भन्दा बढीको मृत्यु भइसकेको छ । एक करोड २० लाखभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । तीमध्ये करिब ५० लाख जना शरणार्थी बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी