एजेन्सी मंसीर २२ । सिरियाका विद्रोही समूहले राजधानी दमास्कसमा प्रवेश गरेको दाबी गरेका छन्।
यसैबीच, समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल–असदले दमास्कस छाडेको बताएको छ, तर उनी कहाँ गएका छन् भन्ने स्पष्ट छैन।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले पनि सम्भवतः राष्ट्रपति बसर अल–असदलाई लिएर एउटा निजी विमान दमास्कस एयरपोर्टबाट निस्किएको बताएको छ।
सिरियाका विद्रोही समूहहरूले हालसम्म हामा, डेराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन्।
इस्लामिक चरमपन्थी समूह हयात तहरिर अल(शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक क्षण भनेका छन्।
सन् २०११ मा अमेरीकी समर्थन प्राप्त समहुले निर्णायक विद्रोह गरेको थियो । तर रुसको सहयोगमा सिरीयाले त्यसलाई नियन्त्रणमा लियो । एलेप्पो सहित शहर कब्जामुक्त गरेको थियो ।
तर यस पटक भने रुसी सहयोग नभएका कारण सिरीयाली सेना पछि हटेको हो । सिरीयाको आन्तरीक युद्धमा लाखौँ मानिसको मृत्यु भएको छ ।