सियोलमा शनिबार दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिने

सियोलमा शनिबार दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिने

  • शुक्रबार, मंसिर २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको विरोधमा शनिबार दशौं हजार मानिसले प्रदर्शनमा सहभागिता जनाउने सूचना आफुहरूले पाएको सियोल प्रहरीले जनाएको छ ।

सियोल महानगर प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार शहरको केन्द्र र येओइदो क्षेत्र (सियोलमा) मा दशौं हजार सहभागीहरू सम्मिलित ठूलो मात्रामा भेला र प्रदर्शन हुने सूचना प्रहरीले प्रप्त गरेको छ । स्थितिलाई गम्भीर हुन नदिन र सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै प्रशासनले केही सडकहरूमा आवत जावतमासमेत प्रतिबन्ध लगाएको छ ।”

कोरियन नेशनल प्रहरीका एक प्रवक्ताले एएफपीलाई बताएअनुसार आयोजकले ‘करिब दुई लाख’ मानिस उपस्थित गराउने बताएका छन् ।

युनले मङ्गलबार अबेर राति सैनिक शासनको घोषणा गर्नुभएको थियो भने उक्त कदमको विरोधमा हजारौँले प्रदर्शन गरेपछि कोरियाली संसदमा भएको निर्वाचनमा सांसदहरूले राष्ट्रपतिको उक्त घोषणा उल्टाउने पक्षमा मतदान गरेका थिए ।

विपक्षीहरूले महाभियोग प्रस्ताव अघि सारेका छन् जुन शनिबार अबेर मतदान हुने तय भएको थियो, जबकि युनको आफ्नै पार्टीका प्रमुखले शुक्रबार उनलाई पदबाट हटाउन माग गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी