दक्षिण कोरीयाका राष्ट्रपति बिरुद्ध संसदमा महाअभियोग दर्ता

दक्षिण कोरीयाका राष्ट्रपति बिरुद्ध संसदमा महाअभियोग दर्ता

  • बिहिबार, मंसिर २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं । उत्तर कोरियाको कम्युनिष्ट शक्तिको प्रभाव कम गर्न र राज्यविरोधी तत्वलाई निमिट्यान्न पार्ने बहानामा दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओलले उठाएको मार्सल ‘ल’ घोषणाको कठोर कदमले आफैं पद धरापमा पारेको छ ।

जुन कदमले उनकै योजनाको प्रभावशाली हिस्सा मानिएका (मार्सल ल’को सुझाव दिने) रक्षामन्त्री किन योंग ह्यूनले राजीनामा दिनु परेको छ भने राष्ट्रपति यून स्वयंले महाभियोगको सामना गर्नु परेको छ । दक्षिण कोरियाली सांसदहरुले मार्सल ल’ लागू गर्ने कठोर कदमलाई विफल पारेपश्चात राष्ट्रपति यूनविरुद्ध महाभियोगको प्रस्तावअघि बढाएका छन् । सांसदहरुले अब बस्ने संसद बैठकमा राष्ट्रपति यूनविरुद्धको महाभियोगमाथि मतदान गर्ने छन् ।

राष्ट्रपति यूनले भनेका थिए, ‘मुलुकलाई उत्तर कोरियाको कम्युनिष्ट प्रभूत्वबाट बचाउन र राज्य विरोधी तत्वलाई निमिट्यान्न पार्नका लागि मार्सल ल’ ९सैन्य कानून०को आवश्यकता थियो ।’ उनले उत्तर कोरियाको प्रभाव कम गर्न यसो गरेको बताए पनि घरेलु दबाब र अन्य घोटालाको एक श्रृंखलाको प्रतिक्रियाको रुपमा यसलाई लिइएको छ । राष्ट्रपति यूनले घोषणा गरेको दुई घण्टा पनि नहुँदै नेशनल एसेम्ब्लीमा यो कदमलाई रोक्न सांसदहरुले रोष्टमको घेरा तोडेर मतदान गरेका थिए ।

सांसद अबरन नेशनल एसेम्ब्लीमा घुसेर एक पर्खालमाथि चढेको राष्ट्रिय सभा अध्यक्षको हवाला दिँदै बीबीसीले उल्लेख गरेको छ । उपल्लो सदनले राष्ट्रपति यूनको प्रस्ताव सर्वसम्मतीले रोकेपछि आफ्नो निर्णयबाट पछि हट्नु परेको थियो । यो कदमलाई लिएर संसदभित्र, बाहिर र राष्ट्रपतिको कार्यालयअघि प्रदर्शन भएको थियो । मैनबत्ती बालेका प्रदर्शनकारीहरु योंगसनस्थित राष्ट्रपति कार्यालयसम्म पुगेका थिए । तर, केही बेरमै उनीहरु तित्तरवित्तर भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी