संसदको आदेशपछि दक्षिण कोरीयाका राष्ट्रपतिले संकटकाल हटाउन तयार

संसदको आदेशपछि दक्षिण कोरीयाका राष्ट्रपतिले संकटकाल हटाउन तयार

  • बुधबार, मंसिर १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

दक्षिण कोरीयाका राष्ट्रपति युन सुक योलले संकटकाल फिर्ता लिने घोषणा गरेका छन् । उनले संकटकाल लगाए लगत्तै सेनाले सडकमा उपस्थिति बढाएको छ । केही विपक्षी नेता र सांसदलाई सेनाले हिरासतमा राखेको छ भने केही भूमिगत भएका छन् ।

संसदमा पनि सेना प्रवेश गरेको छ । संसदको ढोकाहरु सेनाले तोड्न थालेपछि बहुमत सांसदहरु पुगेर संसदको कार्बाही शुरु गरेर संकटकाल फिर्ता गर्न आदेश दिएको थियो ।

संसदको बहुमतको आदेश अनिवार्य कार्यन्वयनको व्यवस्था भएकाले संकटकाल पाँच घण्टामै फिर्ता लिन राष्ट्रपति बाध्य बनेका छन् । अब मन्त्रीपरिषद् बैठक बसेर संकटकाल फिर्ताको निर्णय लिनेछ ।

सेना संसदमा पुग्नु अगाडी नै बिपक्षी पार्टीका बहुमत सांसदहरुले ससदमा छिरेर बैठक शुरु गरेका थिए ।

बिपक्षी पार्टीले उत्तर कोरीयाप्रति सहानुभुति राखेको र देश विरोधी गतिविधि गरेको भन्दै राष्ट्रपतिले मार्सल ल लागू गरेका थिए ।

संकटकाल लागेपछि देशभर नागरिकले प्रदर्शन गरेका थिए । सन् १९८० पछि पहिलो पटक दक्षिण कोरीयामा संकटकाल लागू भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी