पूर्वी भूमध्यसागरीय अभ्यासमा क्षेप्यास्त्र परीक्षण गरेको रुसको दाबी

पूर्वी भूमध्यसागरीय अभ्यासमा क्षेप्यास्त्र परीक्षण गरेको रुसको दाबी

  • मङ्लबार, मंसिर १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

मस्को, १८ मङ्सिर। रुसको सेनाले मङ्गलबार पूर्वी भूमध्यसागरमा नौसेना र वायु सेनाको अभ्यासको क्रममा हाइपरसोनिक मिसाइल प्रहार गरेको बताएको छ । यो रुसको सहयोगी सिरियाले इस्लामी विद्रोहीहरूसँग भूमि गुमाइरहेको समयमा आएको छ ।

सैन्य अभ्यासमा भाग लिनका लागि यस क्षेत्रमा तैनाथ रुसी सेनाको सङ्ख्या ‘बढाइएको’ सेनाले जनाएको छ ।

रुसले हालैका दिनहरूमा राष्ट्रपति बशर अल–असदको सेनाले दोस्रो सहर अलेप्पो गुमाएको विद्रोही आक्रमणको प्रतिकार गर्न हवाई आक्रमण गरिरहेको छ । सन् २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि मस्को असदको प्रमुख सहयोगी बनेको छ ।

“डिसेम्बर ३ मा रूसी नौसेना र वायु सेनाका सैन्य समूहहरूको संयुक्त गतिविधिहरूको परीक्षण गर्ने अभ्यासका क्रममा भूमध्यसागरको पूर्वी भागमा सटीक समुद्रमा आधारित मिसाइलहरू प्रक्षेपण गरिएको थियो”, रुसको रक्षा मन्त्रालयले टेलिग्राममा एक पोस्टमा भन्यो ।

रूसी जहाजहरूले हाइपरसोनिक जिरकोन मिसाइल र कालिब्र क्रुज मिसाइलको परीक्षण गरेको मन्त्रालयले जनाएको छ । एउटा ओनिक्स क्रुज मिसाइल ‘भूमध्यसागरीय तटमा तोकिएको क्षेत्रबाट’ प्रक्षेपण गरिएको पनि मन्त्रालयले बताएको छ ।

रुसको सिरियामा टार्टसमा नौसेना आधार छ तर विज्ञप्तिमा यो अभ्यास कहाँ गरिएको थियो भन्ने उल्लेख गरिएको छैन ।

“अभ्यासको तयारीका क्रममा पूर्वी भूमध्यसागरमा रुसी सशस्त्र बलको सैन्य समूह बढाइयो’, मन्त्रालयले भन्यो । एक हजारभन्दा बढी सेना, १० वटा जहाज र २४ वटा विमान अभ्यासमा संलग्न थिए ।

मन्त्रालयले जहाज र भूमिबाट धेरै मिसाइलहरू प्रक्षेपण गरेको र खुला पानीमा लक्ष्यमा प्रहार र विस्फोट भएको तस्बिरहरू प्रकाशित गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी