एलेप्पो र ईदविलमा आतंकवादीहरुलाई ध्वस्त पार्ने सिरीयाका राष्ट्रपति असदको चेतावनी

एलेप्पो र ईदविलमा आतंकवादीहरुलाई ध्वस्त पार्ने सिरीयाका राष्ट्रपति असदको चेतावनी

  • आइतवार, मंसिर १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी । सिरीयाका राष्ट्रपति बसर अल असदले एलेप्पो र ईदविलमा आश्चर्यजनक हमला गरेका आतंकवादीहरुलाई पराजित गरेर ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

बुधबार आतंकवादीहरुले दुई शहरमा भीषण हमला गरेर केही भुभाग कब्जा गरको थिए ।

लगत्तै रुसी फाईटर जेटको मद्धतमा सिरीयाले आतंकवादीहरुको जत्थालाई केन्द्रीत गरी हवाई हमला तीव्र पारेको छ । साथै ग्राउण्ड अप्रेसन पनि चलिरहेको छ ।

अमेरीका सहित पश्चिमा शक्तिहरुको हस्तक्षेप र दबाबका कारण सिरीयामा सन् २०११ मा नै असदलाई अपदस्त गर्न विद्रोह भएको थियो ।

त्यसपछि सन् २०१६ मा आतंकवादीहरुले एलेप्पो सहितका शहर कब्जा गरेका थिए । त्यस क्रममा रुसी सेनाको सहयोगमा सिरीयाले एलेप्पो सहितको शहर पुनः नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी