रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमणमा

रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमणमा

  • शुक्रबार, मंसिर १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा शुक्रबार प्योङयाङ पुग्नु भएको रूसी समाचार निकायहरूले जनाएका छन् ।

प्योङयाङको भ्रमणका क्रममा बेलोसोभले उत्तर कोरियाका धेरै ‘सैन्य तथा राजनीतिक नेता’ सँग वार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । उहाँलाई प्योङयाङमा उत्तर कोरियाली समकक्षी नो क्वाङ चोलले स्वागत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युक्रेनमा युद्ध सुरु भएदेखि नै रुस र उत्तर कोरियाले आफ्नो सैन्य सम्बन्ध बलियो बनाएका छन् ।

उनीहरूले जूनमा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिले आक्रमणको अवस्थामा एकअर्कालाई सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न सहयोग गर्न बाध्य पार्छ ।

अमेरिका र दक्षिण कोरियाले पनि आणविक हतियारद्वारा सुसज्जित उत्तर कोरियाले रूसलाई युक्रेनसँग लड्न मद्दत गर्न दश हजारभन्दा बढी सैनिकहरू पठाएको आरोप लगाएको छ । विज्ञहरूले नेता किम जोङ उन उन्नत प्रविधि र आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक भएको जनाएका छन् ।

आणविक हतियार कार्यक्रम र युक्रेन युद्धका लागि उत्तर कोरिया र रूस दुवै संयुक्त राष्ट्रसङ्घद्वारा लगाएकोे प्रतिबन्धको सामना गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी