एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रुस बिरुद्ध हमला गर्न युक्रेनलाई हतियार दिने देश बिरुद्ध आक्रमण गर्ने चेतावनी दिएका छन् ।
सत्ता छाड्नु अघि अमेरीकी राष्ट्रपति बाईडेनले युक्रेनलाई रुस भित्र आक्रमण गर्न अमेरीकी हतियार प्रयोगको अनुमति दिएका थिए ।
त्यस लगत्तै युक्रेनले अमेरीका र बेलायतको स्र्टम स्याडो मिसाईल रुसको कुस्र्क र ब्रायन्सकमा प्रहार गरेको थियो ।
त्यसपछि बिहिबार सार्वजनिक कार्यक्रममा बोल्दै पुटिनले यो चेतावनी दिएका हुन् ।
विहिबार रुसले युक्रेनको डिनिप्रोमा रहेको एरोस्पेस प्लान्टमा ओरेसनिक हाईपर सोनिक अन्तरमहादेशीय व्यालेष्टीक मिसाईल प्रहार गरेको छ ।
यो रुसले पहिलो पटक प्रहार गरेको हो । पश्चिमाहरुको क्षेप्यास्त्रबाट रुसमा हमला भएको जवाफमा यो आक्रमण गरिएको पुटिनले बताए ।
पुटिनले शान्तिपूर्ण समाधानका लागि पनि तयार रहेको र युद्ध थोपरिए त्यसका लागि पनि तयार रहेको बताए ।
पश्चिमाहरुका कारण अन्तराष्ट्रिय सुरक्षा प्रणाली खतरामा रहेको र युक्रेन युद्ध विश्वव्यापी बन्ने खतरा रहेको पुटिनको भनाई छ ।