ईजरायली प्रधानमन्त्री नेतान्हु बिरुद्ध अन्तराष्ट्रिय अदालतद्धारा पक्राउ पूर्जी जारी

ईजरायली प्रधानमन्त्री नेतान्हु बिरुद्ध अन्तराष्ट्रिय अदालतद्धारा पक्राउ पूर्जी जारी

  • बिहिबार, मंसिर ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आइसिसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ किनभने अदालतका १२४ राष्ट्रिय सदस्यहरूमध्ये कुनै पनि मुलुकले नेतान्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुनेछन् ।

“अदालतले बेन्जामिन नेतन्याहु र योआभ ग्यालेन्ट नाम गरेका दुई व्यक्तिविरुद्ध कम्तीमा ८ अक्टोबर २०२३ देखि २० मे २०२४ सम्म भएका मानवताविरुद्धको अपराध र युद्ध अपराधका लागि पक्राउ पुर्जी जारी गरेको छ,”आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आइसीसीले हमासका सैन्य प्रमुख डिफविरूद्ध पनि पक्राउ पूर्जी जारी गरिएको छ ।

इजरायलले अगस्टको सुरुमा जुलाईमा दक्षिणी गाजामा भएको हवाई आक्रमणमा डिफको मृत्यु भएको बताएको थियो ।

साक्षीहरूको सुरक्षा र अनुसन्धानको सञ्चालनको सुरक्षाका लागि पक्राउ पुर्जीलाई ‘गोप्य’ को रूपमा वर्गीकृत गरिएको अदालतले जनाएको छ।

न्यायाधिकरणले भनेको छ, “यद्यपि चेम्बरले पक्राउ पुर्जीमा सम्बोधन गरिएको जस्तै आचरण जारी रहेको देखिएकाले तलको जानकारी सार्वजनिक गर्ने निर्णय गरेको छ।”

“चेम्बरले पीडित र उनीहरूका परिवारको हितमा पीडितलाई पक्राउ पूजीसम्बन्धी व्यवस्थाको बारेमा अवगत गराउनु हो भन्ने ठान्छ।”

आइसिसीका मुख्य अभियोजक करिम खानले गत मे महिनामा गाजामा भएको युद्ध अपराध र मानवताविरुद्धको अपराधमा नेतन्याहू र ग्यालेन्टविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतलाई आग्रह गरेका थिए ।

नेतन्याहूले गत नोभेम्बर ५ मा ग्यालेन्टलाई रक्षामन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो ।

खानले मोहम्मद डिफलगायत हमासका शीर्ष नेताविरुद्ध युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गर्न पनि माग गर्नुभएको छ ।

जुलाई ३१ मा तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हनियाहको मृत्युका कारण बदलिएको परिस्थितिका कारण अभियोजकले हनियाहविरूद्धको पक्राउ पूर्जीको आवेदन अगस्ट २ मा फिर्ता लिएको आईसीसीले यसअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायली इतिहासमै सबैभन्दा घातक आक्रमण गरेदेखि नै इजरायलले गाजामा युद्ध लड्दै आएको छ ।

इजरायलमा हमासका लडाकुहरुले गरेको आक्रमणका कारण यो युद्ध सुरु भएको थियो, जुन एक आश्चर्यजनक सीमापार आक्रमण थियो । आक्रमणमा एक हजार २०६ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।

गाजा क्षेत्रमा सक्रिय हमास समूहको प्रभावमा रहेको प्यालेष्टिनी सरकारको स्वास्थ्य मन्त्रालयले इजरायल र प्यालेस्टिनी लडाकूबीच १३ महिनाभन्दा बढी समयदेखि चलेको युद्धमा कम्तीमा ४४ हजार ५६ जनाको मृत्यु भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा गाजा पट्टीमा एक लाख चार हजार २६८ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी