गाजा युद्धविरामका लागि अमेरिकी योजनाका विच राष्ट्रसङ्घ पुनः मतदानका पक्षमा+

गाजा युद्धविरामका लागि अमेरिकी योजनाका विच राष्ट्रसङ्घ पुनः मतदानका पक्षमा+

  • बुधबार, मंसिर ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युद्ध अन्त्यको पछिल्लो प्रयास स्वरुप गाजामा युद्धविरामको आह्वान गर्ने अर्को मस्यौदा प्रस्तावमा बुधबार मतदान गर्ने अपेक्षा गरिएको छ ।

तर यो मस्यौदालाई इजरायलको मुख्य सहयोगी अमेरिकाले अवरुद्ध गर्न सक्ने आकंलन गरिएको छ ।

प्रस्तावको पछिल्लो मस्यौदाले इजरायल र हमासबिचको युद्धमा “तत्काल,स्थायी युद्धविराम तथा सबै बन्धकहरूको बिना सर्त रिहाईको माग गरेको छ ।

यद्देपी यसले इजरायललाई आक्रोसित बनाएको छ भने स्थायी युद्धविरामको विषयमा अमेरिकी भिटोको डर बढाएको छ ।

यसै विच राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डेननले यो प्रयासलाई हास्यस्पद भन्दै राष्ट्रसङ्घले आफ्ना नागरिकहरूको सुरक्षा गर्नबाट इजरायललाई रोक्न नसक्ने बताउनु भएको छ ।

अमेरिकी राजदूत रोबर्ट वुडले यो युद्धविराम र बन्धकहरूको रिहाइको सम्बन्धमा सुरुदेखि नै अमेरिकाको मुख्य भुमिका रहेको जनाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी