अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ

अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ

  • आइतवार, कार्तिक २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

ढाका, २५ कात्तिक। अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ गरिएको बङ्गलादेशको प्रहरीले जानकारी गराएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्लेकार्डसहित प्रदर्शन गर्न आदेश दिएपछि बंगलादेशका अपदस्थ पूर्व नेता शेख वाजेद हसिनाका समर्थकलाई पक्राउ गरिएको प्रहरीले आइतबार जनाएको हो।

पूर्व प्रधानमन्त्री शेख हसिना (७७) गत अगष्ट ५ मा हेलिकप्टरबाट भारत तर्फ भागेकी थिइन् ।

त्यसयता नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा कामचलाउ सरकारले कार्यभार सम्हाल्दै आएको छ । यसलाई लोकतान्त्रिक सुधार कार्यान्वयन गर्ने र निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।

प्रहरीले ‘देश विरोधी’ को संज्ञा दिएको १० जना प्रदर्शनकारीलाई शनिबार राति पक्राउ गरेको थियो र करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशलाई अस्थिर बनाउने प्रयास गरेको आरोप लगाइएको थियो।

ढाका महानगर प्रहरीका प्रवक्ता मोहम्मद तालेबुर रहमानले भन्नुभयो, “हामी उनीहरूको अपराधको मूल्याङ्कन गरिरहेका छौँ।”

हसिनाको अवामी लिगले आइतबार आयोजना गरेको धम्कीपूर्ण ¥यालीको पूर्वसन्ध्यामा उक्त सानो विरोध प्रदर्शन भएको थियो, जसलाई अन्तरिम सरकारले ‘फाँसीवादी’ गतिविधि भन्दै प्रतिबन्ध लगाएको थियो ।

विद्यार्थीहरूले ढाकाको मध्य भागमा विरोध प्रदर्शनको आह्वान गरेका छन्।

हसिनाको शासन ढलेपछि उहाँका दर्जनौँ सहयोगीलाई गिरफ्तार गरिएको छ र पूर्व प्रधानमन्त्री हसिनाविरूद्ध आन्दोलनका क्रममा ७०० भन्दा बढी व्यक्तिको ज्यान जाने गरी भएको प्रहरी कारबाहीमा दोषी ठहर गरिएको छ । अवामी लिगप्रति वफादार अन्य नेताहरू लुकेर बसेका छन् ।

हसिनाको अडियो रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भएपछि उनका समर्थकलाई आइतबार प्रदर्शन गर्न र ट्रम्पको फोटो र अमेरिकी झण्डा अङ्कित प्लेकार्ड बोक्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।
“उनले प्लेकार्डलाई ढालको रूपमा प्रयोग गर्न र कुनै आक्रमण भएमा फोटो र भिडियो फुटेज लिन आग्रह गर्नुभएको थियो,” प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“उनीहरूले संयुक्त राज्य अमेरिकासँगको बङ्गलादेशको मैत्रीपूर्ण सम्बन्धलाई कमजोर पार्ने षडयन्त्र रचिरहेका थिए।”

हसिनाको पार्टीले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले सरकारले बिना प्रमाण उहाँको शासनको विरोधमा प्रदर्शनलाई प्रोत्साहित गरेको आरोप लगाएको थियो ।

उनको १५ वर्ष लामो शासनकालमा विपक्षीहरूलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्नबाट रोक्ने घटनाहरू भएका थिए।

हसिनालाई सत्ताच्युत गरेपछि पदभार ग्रहण गरेका ८४ वर्षीय युनुसले ट्रम्पको चुनावी विजयपछि उहाँलाई बधाइ तथा शुभकामना दिँदै आफू अमेरिकासँग मिलेर काम गर्न आतुर रहेको बताउनुभएको थियो।

प्रहरीका अनुसार अवामी लिगले ¥याली गर्न अनुमति मागेको थिएन भने युनुसका प्रेस सचिवले हसिनाको पार्टीलाई मार्च गर्न अनुमति नदिइएको बताउनुभएको थियो ।

शफिकुल आलमले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “अवामी लिग, यसको वर्तमान स्वरूपमा, एक फासीवादी पार्टी हो।”

“‘सामूहिक हत्यारा र तानाशाह’ को आदेशमा ¥याली, जमघट वा जुलुस निकाल्ने कोसिस गर्ने जो कोहीले पनि कानुन कार्यान्वयन गर्ने निकायको पूर्ण बलको सामना गर्नेछ,” उहाँले बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना समर्थित समूहलाई इङ्गित गर्दै भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी