ट्रम्पले पुटिनलाइ भेट्ने , पुटिनले दिए बधाई , अन्त्य होला युक्रेन युद्ध ?

ट्रम्पले पुटिनलाइ भेट्ने , पुटिनले दिए बधाई , अन्त्य होला युक्रेन युद्ध ?

  • शुक्रबार, कार्तिक २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

एजेन्सी । अमेरीकाका नवनिर्वाचित रास्ट्रपति डोनाल्ड ट्रम्पले रुसी रास्ट्रपति भ्लादीमिर पुटिनसग भेट्ने र कुरा गर्ने संभावना रहेको बताएका छन् ।

एनबीसी न्युजसग कुरा गर्दै ट्रम्पले सो कुरा बताएका हुन् । बिहीवार नै रुसी रास्ट्रपति पुटिनले एक कार्यक्रममा बोल्दै ट्रम्पलाइ साहसी रास्ट्रपति भन्दै बधाई दिएका थिए ।
उनीहरू बीच ओसाकामा २०१८ मा जी २० सम्मेलनका अवसरमा भेटवार्ता भएको थियो ।

युक्रेन युद्ध रोक्ने ट्रम्पको प्रस्तावलाई पुटिनले सकारात्मक रुपमा लिएका छन् ।

निर्वाचन अघिदेखि नै ट्रम्पले रुस युक्रेन युद्ध रोक्न सक्ने बताउदै आएका थिए ।
अमेरिकी पैसा, हतियार , तालिम र नेटो देशहरूको भरमा युक्रेनले रुससग युद्ध लडिरहेको छ ।
अमेरिकाले हालसम्म अर्बौं डलर बराबरको सहयोग दिएको छ । जुन सहयोग रोक्ने सोचाइमा ट्रम्प रहेका छन् ।

यो युद्ध रोक्न रुसले डोनेस्क, लुहान्स्क, खेर्सन, जपोरेजिया इलाका फिर्ता नगर्ने साथै युक्रेन तठस्थ रास्ट्र, हुनु पर्ने, नेटो ब्लकमा सामेल हुन नहुने शर्त राख्दै आएको छ ।

सन २०२२ फेब्रुअरी देखि शुरु भएको युद्धमा हालसम्म लाखौ मानिसको ज्यान गैसकेको छ ।
ट्रम्पको बिजयले युक्रेन, नाटो देश र युरोपमा चिन्ता बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी