रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा

रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा

  • बुधबार, कार्तिक २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

वासिङ्टन, २१ कात्तिक ।
फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताउनुभएको छ ।

“अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उहाँले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनस्थापित भएकोतर्फ सङ्केत गर्दै भन्नुभयो ।

सीमा व्यवस्थापन गर्ने र देशलाई एकिकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दै उहाँले भन्नुभयो ।

सम्बोधनका क्रममा उहाँले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिनुभएको छ ।

उहाँले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गर्नुभएको छ ।

मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।

समाचार तयार पार्दासम्म ट्रम्पले छ करोड ८८ लाख ७७ हजार २९३ मत प्राप्त गर्नुभएको छ भने ह्यारिसले छ करोड ३६ लाख १३ हजार ९५१ मत प्राप्त गर्नुभएको छ । नेपाली समय अनुसार बुधबार मध्यान्नसम्ममा रिपब्लिकन नेता ट्रम्पले मङ्गलबार खसेको कुल मतको ५१.१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको छ भने डेमोक्र्याटिक पाटीका तर्फबाट उम्मेदवार हुनुभएका उपराष्ट्रपति कमला ह्यारिसले ४७.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

रिपब्लिकन नेता ट्रम्पले २६६ इलेक्टोरल मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी ह्यारिसले २१९ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । यसरी हेर्दा ट्रम्पलाई राष्ट्रपति पदमा जीतको लागि जादुई इलेक्टोरल सङ्ख्या २७० मा पुग्न अब मात्र चार इलेक्टोरल मतको आवश्यक हुनेछ । अमेरिकी समाचार संस्था फक्स न्यूजले ट्रम्प निर्वाचित भएको घोषणा गरेको छ । फक्स न्यूजले ट्रम्पलाई २७० भन्दा माथि थप केही सीट प्राप्त हुने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी