अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार वार्षिक कार्यक्रममा छोटो समयका लागि पुनर्मिलन

अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार वार्षिक कार्यक्रममा छोटो समयका लागि पुनर्मिलन

  • आइतवार, कार्तिक १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

अमेरिका–मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए । विपरीत मुलुकहरूमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तहरूलाई भेटे । मेक्सिकाली परिवारहरूलाई अमेरिकामा बसाइँ सरेका आफन्तहरूसँग सीमामा केही मिनेटका लागि पुनर्मिलन गर्न अनुमति दिइँदा धेरैको आँसु बगे र मानिसहरूले अङ्कमाल गरे । वयस्क र बालबालिकाहरूले आफ्ना प्रियजनहरूलाई भेट्न रियो ग्रान्डे नदी पार गरेका थिए । यस वर्ष आप्रवासी अधिकार अभियान समूहद्वारा आयोजित वार्षिक कार्यक्रम अमेरिकी राष्ट्रपति चुनावभन्दा तीन दिनअघि भएको थियो । निर्वाचनको महिनौँ लामो प्रचारमा आप्रवासन र सीमा सुरक्षामा धेरै ध्यान केन्द्रित गरिएको छ । पुनर्मिलन कार्यक्रम आप्रवासी अधिकारको रक्षा नेटवर्कका अनुसार बढाइएको सुरक्षाका बीच सम्पन्न भएको थियो । “हाम्रो समुदायमा काँडेतार थिएन, यति धेरै सैनिकहरू तैनाथ थिएनन्”, गत दशकदेखि पुनर्मिलन सुरु भएयता सीमामा आएका सुरक्षा परिवर्तनहरूलाई उजागर गर्दै संस्थाका निर्देशक फर्नान्डो गार्सियाले भन्नुभयो, “परिवारहरूले यो कार्यक्रम गर्न सकून् भनेर काँडेतार खोल्नु परेको थियो ।” गार्सियाले मङ्गलबारको चुनावमा जसले जिते पनि अमेरिकातर्फको आप्रवासन जारी रहने अपेक्षा गर्नुभएको छ । उहाँले पारिवारिक पुनर्मिलन पनि जारी रहने बताउनुभयो । “निर्वासन नीति, सीमा नीति, आप्रवासन नीतिले परिवारहरूलाई असाधारण तरिकाले विभाजित गरिरहेको छ र यी परिवारहरूमा गहिरो प्रभाव पारिरहेको छ”, उहाँले कार्यक्रमअघि पत्रकारहरूलाई बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी