गाजामा नागरिकको अवस्था ‘असहनीय’ : राष्ट्रसङ्घीय प्रमुख

गाजामा नागरिकको अवस्था ‘असहनीय’ : राष्ट्रसङ्घीय प्रमुख

  • सोमवार, कार्तिक १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

गाजा पट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेर्रेस ‘स्तब्ध’ भएको उहाँका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूको अवस्था असहनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला केही हप्तामा गाजामा सयौँ मानिस मारिएका छन्, भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।

गाजामा इजरायलको सैन्य कारबाहीले विनाश र अभावले जबल्या, बेत लाहिया र बेत हानुन वरपरका प्यालेस्टिनीको जीवनको अवस्था अस्थिर बनाइरहेको र द्वन्द्व अन्तर्राष्ट्रिय कानूनको बर्खिलापमा जारी रहेको गुर्टेरेसले बताउनुभएको छ ।

उहाँले द्वन्द्वरत पक्षहरूले मानवीय कार्यकर्ता तथा अग्रपङ्तीमा रहेर मानवीय सहयोगमा खटिएका व्यक्तिको सम्मान र सुरक्षा गर्नुपर्ने बताउनुभएको छ ।

गुटेर्रेसले तत्काल युद्धविराम, सबै बन्धकको बिना शर्त रिहाइ र अन्तर्राष्ट्रिय कानुन अन्तर्गतको जवाफदेहिताका लागि समेत आह्वान गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी