ईजरायलले प्रहार गरेका अधिकांश क्षेप्यास्त्रहरु आकाशमै नष्ट पारिदिएको ईरानको दाबी

ईजरायलले प्रहार गरेका अधिकांश क्षेप्यास्त्रहरु आकाशमै नष्ट पारिदिएको ईरानको दाबी

  • शनिबार, कार्तिक १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी कार्तिक १० । ईजरायलले आज बिहान गरेको भीषण हमला बिफल पारेको ईरानी अधिकारीहरुले दाबी गरेका छन् ।

इजरायलले अमेरीकी एफ ३५ बिमान सहित एक सय लडाकु विमान मार्फत राजधानी तेहरान र अन्य शहरमा सैन्य अड्डाहरुमा संयौ क्षेप्यास्त्र प्रहार गरेको थियो । यद्यपि, ईजरायली अधिकारीहरुले भने लक्षित अखडाहरुमा क्षति पुगेको र आक्रमण पूरा भएको जनाएका छन् ।

ईजरायलले पनि ईरानकै बराबरी २ सय क्षेप्यास्त्र प्रहार गरेको बताईएको छ ।

ती सबै जसो क्षेप्यास्त्रहरुलाई एयर डिफेन्स सिस्टमको प्रयोग गरेर आकाशमै नष्ट गरेको र हमलाबाट खास कुनै क्षति नभएको ईरानी सैन्य अधिकारीहरुले जनाएका छन् ।

ईजरायलमाथि ईरानले गत अक्टोबर १ मा भीषण हमला गरेको थियो । त्यसको जवाफमा ईजरायलले हमला गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी