एजेन्सी । रुसमाथि अहिले अमेरीका र पशिचमा देशहरु र जापान र अष्ट्रेलियाको प्रतिवन्ध छ । रुस युक्रेन युद्धका कारण अमेरीकाले रुसलाई चौतर्फी दबाबमा पार्न आर्थिक प्रतिवन्ध, बैदेशिक सञ्चिति ७ अर्ब डलर भन्दा बढी कब्जा गरेका छन् नाटो देशहरुले र केही युक्रेनलाई दिएका छन् ।
यो चूनौती पार गर्दै अघि बढेको रुसमा अहिले ब्रिक्स सम्मेलन चलिरहेको छ । १६ औँ सम्मेलनमा भाग लिन चीनीया राष्ट्रपति सि जिन पिगं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दक्षिण अफ्रीकाका राष्ट्रपति क्यारिल राम्पोसा, युएईका राष्ट्रपति मोहम्मद विन जायद, ईरानी राष्ट्रपति मसुद पजकशियान लगायतका दर्जनौँ देशका राष्ट्र प्रमुख र प्रतिनिधिरु रुसको कजान पुगेका छन् ।
साथै सँयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस पनि अतिथिका रुपमा सहभागी हुन रुस पुगेका छन् ।
उनीहरुलाई रुसमा पुटिनले भव्य स्वागत गरेका छन् ।
चीन,रुस, भारत र ब्राजिल मिलेर शुरुमा सन् २००९ मा ब्रिक बनाएका थिए । पछि सन् २०१० मा दक्षिण अफ्रीका पनि थपिएपछि यसको नाम ब्रिक्स राखिएको छ ।
अहिले अन्य देशहरु सदस्य बनेपनि यसलाई ब्रिक्स नै भनिएको छ । यसै वर्ष मिस्र,ईथियोपिया र ईरानले सदस्यता लिएको छ भने साउदी अरबले बिचार गरीरहेको जनाएको छ ।
व्रिक्स समुहमा निरन्तर सदस्य देशहरु बढ्ने क्रममा छन् । यस पटक रुपमा भएको सम्मेलनमा करीब ४० देशले सहभागीता जनाउदैछ ।
अमेरीकी प्रतिवन्धको वेवास्ता गर्दै रुस चीन सम्बन्ध र कारोबार तीव्र उचाईमा पुगेको छ । मंगलबार चीनीया राष्ट्रपति र रुसी राष्ट्रपतिबीच भेटवार्ता भएको छ । उनीहरुबीच आर्थिक एवं रणनीतिक साझेदारीको उचाई अधिकतम बढेको छ । रुसबाट कच्चा तेल खरीद गर्नेमा चीन पहिलो स्थानमा रहेको छ । दुबै देशबीचको व्यापार स्वदेशी मुद्रामा भईरहेको छ । रुस चीन व्यापार बार्षिक ६० अर्ब डलर माथि छ । रुसमा चीनले कृषि, उच्च प्रविधि, उर्जा, यातायात जस्ता क्षेत्रमा लगानी बृद्धि गरीरहेको छ ।
यसै गरी अमेरीकी प्रतिवन्धलाई वेवास्ता गर्दै भारतले पनि ठूलो मात्रामा रुसबाट कच्चा तेल खरीद गरीरहेको छ । भारत रुस युक्रेन युद्धलाई शान्तिमा परिणत गर्न प्रयासरत पनि रहेको छ । भारतले पनि रुसबाट एस ४०० सहित अत्याधुनिक हतियारहरु खरीद गरीरहेको छ । सोभियत कालदेखि नै भारत रुस सम्बन्ध बलियो रहेको छ । ब्राजिल, दक्षिण अफ्रीका जस्ता अमेरीकी अफ्रीकी देशहरु पनि ब्रिक्सका महत्वपूर्ण हिस्सेदार हुन् । ब्रिक्स सम्मेलनमा सि जिन पिंग र मोदीबीच आज दुई वर्ष पछि पहिलो पटक भेटवार्ता हुँदैछ । विवादीत सीमामा नयाँ सहमति गरेर दुबै नेता रुस उडेका हुन् । यो समझदारी बनेपछि दुबैदेशबीचको सम्बन्ध सुधारको अपेक्षा गरिएको छ त्यो पनि ब्रिक्स सम्मेलनको पूर्व सन्ध्यामा ।
ब्रिक्सको आफ्नै बैंक
ब्राजिलका पूर्व राष्ट्रपति दिल्मा रोसेफ अहिले ब्रिक्स बैंकको नेतृत्व गरीरहेकी छन् । यो ब्रिक्स बनाएको नयाँ बैंक हो । जसको नाम नयाँ विकास बैंक राखिएको छ । यसले अहिले सम्म एक सय परियोजनामा ३३ अर्ब डलर लगानी गरेको रोसेफले जानकारी दिएकी छन् । यसले विश्व बैंक, आईएमएफ र एशियाली विकास बैंकले जस्तो शर्त नराखी सस्तो व्याजमा परियोजनामा लगानी गरीरहेको छ ।
पुटिनले ब्रिक्स बैंकका बारेमा बोल्दै नयाँ विकास बैंकले गरीरहेको सस्तो रिण प्रवाह सेवा र स्वदेशी मुद्रामै कारोबार गर्ने हुनाले सदस्य देशहरुलाई आर्थिक स्वतन्त्रता र भूराजनीतिक जोखिम कम हुने बताएका छन् ।
विस्तारै यो प्रणालीमा सुधार गर्दै अलग्गै मुद्रा समेत बनाउने ब्रिक्सको योजना छ । यसले अमेरीकाले हतियारको रुपमा प्रयोग गरीरहेको डलरको प्रभुत्व घटाउने छ ।
अमेरीकाले डलरलाई हतियार बनाएका कारण तमाम देशहरु समस्यामा पर्ने गरेका छन् ।
विश्वको ठूलो आवादी रहेको भारत, चीन, ब्राजिल, दक्षिण अफ्रीका जस्ता देशहरुले अलग्गै प्रणालीको विकास गर्नुको अर्थ अमेरीकी प्रभुत्वमा तय भएको वैश्विक प्रणालीले संसारमा बहुध्रुवीय विश्वको ढोका छिटो खोल्नेछ ।
ब्रिक्स समिट अक्टोबर २२ देखि २४ सम्म रुसमा सकिएपछि नयाँ घोषणा पत्र जारी हुनेछ । यसले अझ बहुआयामिक निर्णयहरु गर्न सक्नेछ ।