एजेन्सी । अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चाल्र्स बिरुद्ध संसदमा विरोध भएको छ । मुलनिवासी सांसद लिडिया पर्थले संसदमा नारा लगाउदै बेलायती राजालाइ तिमी हाम्रो राजा होईन , यहाँका नागरिकका हत्यारा हौ भनेपछि तनाव उत्पन्न भएको थियो ।
सोमबार सदनमा भाषण गर्न चाल्र्स पुगेका थिए । लिडियाले आफ्ना पूर्वजहरुको जमिन अस्थित्व र कला संस्कृति फिर्ता गर्न माग गरेकी छन् ।
व्रिटिश साम्राज्यवादले अष्ट्रेलियाको जमिन बर्बाद पारेको उनको तर्क छ ।
बेलायती राजा अष्ट्रेलियाको औपचारीक प्रमुख बने सम्म आफूले बिरोध गरीरहने उनले चेतावनी दिएकी छन् ।
उनको नाराबाजीपछि सुरक्षाकर्मीले उनलाई संसदबाट बाहिर निकालेका थिए ।
बेलायतको उपनिवेश रहेको अष्ट्रेलियाले १९८६ मा स्वतन्त्रता पाएको थियो । तर औपचारीक राजा चाल्र्स रहदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline