नेतन्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला

नेतन्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला

  • शनिबार, कार्तिक ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।
विज्ञप्तिमा नेतन्याहु र उहाँकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ ।
टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोनहरू इजरायलको हवाई सुरक्षा द्वारा खसालेका थिए ।
इजरायल र हमास बीच चलिरहेको द्वन्द्वको बीचमा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार गाजाका जनतालाई सम्बोधन गर्दै भन्नुुभयो “यदि हमासले हतियार छोड्न र बन्धकहरूलाई फिर्ता गर्न सहमत भएमा युद्ध भोलि समाप्त हुन सक्छ ।”
इजरायलले हमास प्रमुख र अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिन्वारको हत्या भएको पुष्टि गरेको केही घण्टापछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । इजरायली रक्षा बलले बिहीबार सिन्वार र अन्य दुई आतंककारी इजरायलले मारेको खुलासा गरेको छ
नेतान्याहुले हमासले हाल गाजामा १०१ जनालाई बन्धक बनाएको खुलासा गर्नु भएको छ जसमा इजरायलसहित २३ वटा विभिन्न देशका नागरिकहरु रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी