गजापट्टिमा इसराइल डिफेन्स फोर्सले हमासका प्रमुख याह्या सिन्वरको हत्या गरेको इसराइलले दाबी गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार इसराइली विदेश मन्त्रीले सिन्वरको हत्या भएको पुष्टि गरेका हुन्।
बिहीबार इसराइलको परराष्ट्र मन्त्रालयले एक्स (ट्विटर) मा पोस्ट गर्दै इसराइल डिफेन्स फोर्सले अपरेसनका क्रममा गजापट्टिमा तीनजना आतंककारी मारिएको र तीमध्ये एक हमास प्रमुख सिन्वर हुन सक्ने सम्भावना रहेको बताएको थियो।
यसपछि सिन्वरको भनिएको शवको डिएनए परीक्षण गरिएको थियो। परीक्षणको प्रारम्भिक नतिजामा उक्त शव सिन्वरकै भएको पाइएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline