गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते : राष्ट्रसङ्घ

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते : राष्ट्रसङ्घ

  • बिहिबार, कार्तिक १, २०८१
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताउनुभएको छ ।

गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताउनुभएको छ ।

अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउदै महिला तथा बालबालिका सहित धेरै व्यक्तिहरूले कठिन जीवनको सामना गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

यदि यस्तो आतङ्कले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उहाँले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजार भन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको बताउनुभएको छ ।

उहाँले अक्टोबरको शुरूदेखि १५ सम्म गाजामा कुनै पनि खाद्य सहायता नआएको बताउँदै बाँच्नका लागि सबै आवश्यक सामग्रीहरू समाप्त भइरहेको जनाउनुभएको छ । गाजाको दयनीय अवस्था र पीडालाई ध्यानमा राख्दै, मानवीय पहुँच अस्तित्वहीन भएको उहाँले बताउनुभएको छ ।

पटक पटकका मिसन अवरुद्ध हुँदा, अभावबीच बाँचिरहेका गाजाबासीलाई मानवीय सहायताको अझ बढी खाँचो भएको उहाँले बताउनुभयो ।

गाजाको पीडालाई शब्दमा वर्णन गर्न नसकिने बताउदै अधिकारीले अन्तर्राष्ट्रिय कानूनलाई सम्मान गरी सबै सदस्य राष्ट्रहरूले सहायतालाई सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

बैठकका लागि अनुरोध गर्ने अल्जेरियाका प्रतिनिधिले गाजाको विनाशकारी मानवीय अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।

मङ्गलबार गाजामा सहायताका ट्रकहरू आएको भए पनि घेराबन्दीका कारण जबालिया पुग्न असफल भएको उल्लेख गर्दै उहाँले मानवीय सहायताका सामाग्रीको अभाब सिर्जना गर्ने सैन्य घेराबन्दी अस्वीकार्य मात्र नभई युद्ध अपराध भएको बताउनु भएको छ ।

राष्ट्रसङ्घमा प्यालेस्टाइनका लागि स्थायी पर्यवेक्षक रियाद मन्सुरले गाजामा भइरहेको आक्रमणको विकल्प मौनता र निस्क्रियता नभएको उल्लेख गर्नुभएको छ ।

प्यालेस्टिनी र लेबनानी जनताले इजरायलको दण्डहीनताको मूल्य चुकाउन बाध्य भएको उल्लेख गर्दै गाजामा घेराबन्दी, भोकमरी र बम विस्फोटमा परेका चार लाख प्यालेस्टिनीलाई अधीनमा राखिनु युद्ध नभई अपराध भएकाले यसलाई रोक्नुपर्ने उहाँले बताउनुभएको छ ।

मन्सुरले सुरक्षा परिषद्लाई चार्टर र कानूनद्वारा प्रदान गरिएका उपकरणद्वारा कानून विपरित काम गर्नेहरूसँग लड्न आह्वान गर्दै यो काम गर्ने समय भएकाले अरू केही पनि वाहाना आत्मसमर्पण भएको उल्लेख गर्नुभएको छ ।

यसै सन्दर्भमा टिप्पणी गर्दै इजरायलका प्रतिनिधिले आफ्नो देश विरुद्धको आक्रमणको विस्तृत विवरण दिदै १०१ जना मानिसलाई हमासले यातना दिएको र सुरक्षा परिषद्का सदस्यहरूले बन्धकको बारेमा थोरै मात्र उल्लेख गरेको बताउनुभएको छ ।

इजरायल र मानवीय साझेदारले गाजामा भरपुर मानवीय सहायता ल्याउँदा पनि हमासले सहायता ‘कब्जाा’ गरी मानवीय अवस्थालाई दयनीय बनाएको उल्लेख गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी