भारतले क्यानडाबाट फिर्ता बोलायो आफ्ना कुटनीतिक नियोगका उच्च आयुक्त र कर्मचारीहरु

भारतले क्यानडाबाट फिर्ता बोलायो आफ्ना कुटनीतिक नियोगका उच्च आयुक्त र कर्मचारीहरु

  • मङ्लबार, अशोज २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जयकुमार बर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यससँगै भारतले दिल्लीस्थित क्यानडाको उच्चायोगलाई पनि समन पठाएको छ।

सोमबार भारतले क्यानडाको ुकूटनीतिक सञ्चारुलाई पूर्ण रूपमा अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको छ।

क्यानडाले भारतसँग साझा गरेको कूटनीतिक सञ्चारमा क्यानडाका लागि भारतका उच्चायुक्त सञ्जयकुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञहरूलाई जुन २०२३ मा खालिस्तान समर्थक कार्यकर्ता हरदीप सिंह निज्जरको हत्यामा संलग्न भएको आरोप लगाइएको छ।

क्यानडाको अडानप्रति आपत्ति जनाउँदै भारतले दिल्लीस्थित आफ्नो नियोगका वरिष्ठ कूटनीतिज्ञलाई बोलाएको छ। विदेश मन्त्रालयले क्यानडामा रहेका भारतीय उच्चायोग र अन्य कूटनीतिज्ञलाई आधारहीन निशाना बनाउने कार्य अस्वीकार्य रहेको बताएको छ।

सोमबार साँझ भारतीय विदेश मन्त्रालयले भनेको छ, ट्रुडो सरकारको व्यवहारका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरामा परेको छ। अहिलेको सरकारप्रति हाम्रो विश्वास छैन। यसैलाई ध्यानमा राख्दै भारत सरकारले क्यानडाबाट आफ्ना उच्चायुक्त र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। हामीले क्यानडालाई ट्रुडो सरकारले भारतविरुद्ध पृथकता र चरमपन्थीलाई जसरी समर्थन गरिरहेको छ त्यसको विरुद्ध जवाफ दिने अधिकार भारतसँग छ भनी बतायौँ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको विदेश मन्त्रालयले निज्जर हत्या प्रकरणमा भारतीय उच्चायुक्तको नाम जोडिएकामा कडा आपत्ति जनाएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले धेरै चुनौतिको सामना गरिरहेकाले यो मुद्दा अब राजनीतिसँग जोडिएको भारतले बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी