बम विष्फोटको धम्कीपछि एयर ईन्डियाको बिमान दिल्लीमा अवतरण

बम विष्फोटको धम्कीपछि एयर ईन्डियाको बिमान दिल्लीमा अवतरण

  • सोमवार, अशोज २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

नयाँ दिल्ली, असाेज २८ गते । मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको ‘एयर इन्डिया’को विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई एयरपोर्टले ‘एक्स’मा न्यूयोर्क जाने उडानमा बमको धम्कीको बारेमा सन्देश प्राप्त गरेको थियो। यो सन्देश दिल्लीका सुरक्षा एजेन्सीहरूलाई पठाइए लगत्तै विमानलाई दिल्लीतर्फ लैजान आग्रह गरिएकाे हाे । त्यसपछि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा साे विमान अवतरण गरिएको छ। विमानमा सवार सबै यात्रु सकुशल छन्।

यस्तै, प्रहरी र सुरक्षा निकायले विमानको जाँच गरिरहेका छन्।

यसैगरी, एयर इन्डियाले एक विज्ञप्ति जारी गरी मुम्बईदेखि ‘जेकेएफ’ विमानस्थलका लागि उडेको ‘एआई-११९’ को उडान सुरक्षा चेतावनीका कारण दिल्ली डाइभर्ट गर्नुपरेको र यात्रुलाई परेको असुविधा सक्दो कम गर्न प्रयासरत रहेको जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी