ताईवानलाई चौतर्फी घेरा हालेर चीनीया जनमुक्ति सेनाको बिशाल अभ्यास
एजेन्सी असोज २८ । चीनले अभिन्न अंग मानेको ताईवानका नवनिर्वाचित राष्ट्रपति विलियम लाईले ताईवानको सम्प्रभुताप्रति प्रतिवद्धता जनाएपछि चीनीया जनमुक्ति सेनाले ताईवानलाई घेराबन्दी गरेर बिशाल सैन्य अभ्यास गरेको छ ।
जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डका अनुसार ताईवानको चारै तिर ९ स्थानमा जनमुक्ति सेनाले युद्ध अभ्यास जारी राखेको छ ।
लडाकु विमान, युद्धपोत, स्थलगत सेना र रकेट फोर्स सामेल भएको जनमुक्ति सेनाले जनाएको छ ।
ताइवानका राष्ट्रपति विलियम लाइले गत साता चीनको नियन्त्रण नस्वीकार्ने भाषण गरेका थिए ।
बेइजिङले स्वर्ड(२०२४ बी नाम दिएको यो अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् ।उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।
ग्लोबल टाइम्सका अनुसार सोमबार, पीपुल्स लिबरेसन आर्मी पूर्वी थिएटर कमाण्डले ताइवान स्ट्रेट र उत्तर, दक्षिणका क्षेत्रहरूमा सेना, नौसेना, वायुसेना र रकेट फोर्सका आफ्ना सेनाहरू पठाइरहेको उल्लेख छ । यस अभ्यासले पृथकतावादी कार्यहरूका लागि कडा चेतावनीको रूपमा काम गर्दछ, पीएलए पूर्वी थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ क्याप्टेन ली सीले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा छ ।
अमेरीकासँग हतियार खरीद गरेर ताईवानले मुख्य भूमि चीनलाई चूनौती दिँदै आएको छ ।
चीनले ताईवान आफ्नो अभिन्न अंग भएको भन्दै एकीकरणका लागि बल प्रयोग गर्न सक्ने चेतावनी दिँदै आएको छ ।