एजेन्सी असोज २८ । लेवनानको लडाकु समुह हेजबुल्लाहले ईजरायलमा एक वर्ष यता सबै भन्दा शक्तिशाली आक्रमण गरेको छ । जुन आक्रमणमा ४ जना इजरायली सैनिक मारिएका छन् भने ६७ जना घाईते भएका छन् ।
ईजरायली एयर डिफेन्स सिस्टमलाई तोडेर हेजबुल्लाहको रकेट उत्तरी ईजरायलको बिन्यामिना सैन्य शिविरमा खसेको थियो । जसको बिष्फोटमा चार सैनिक मारिए भने ६७ जना घाईते भएका छन् । ती मध्य ७ जना गंभीर रहेको ईजरायली रक्षा बलले स्वीकार गरेको छ ।
अक्टोबर महिनादेखि लेवनानमा प्रवेश गरेर ईजरायलले हमला तीव्र पारेका बेला प्रतिरोधका लागि यो आक्रमण गरिएको हेजबुल्लाहले जनाएको छ ।
गाजा र लेवनानमा ईजरायली आक्रमण तीव्र भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline