उत्तरी गाजामा ईजरायलको अपराधः नागरिकलाई चौतर्फी घेरा हालेर मार्दै

उत्तरी गाजामा ईजरायलको अपराधः नागरिकलाई चौतर्फी घेरा हालेर मार्दै

  • आइतवार, अशोज २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

एजेन्सी । प्यालेष्टाईनको उत्तरी गाजामा ईजरायलले चरम मानवीय अपराध गरीरहेको छ ।गत वर्ष अक्टोबर ७ देखि चरम मानवीय संकट पैदा हुने गरी ईजरायलले हमला जारी रहेको छ ।

उत्तरी गाजामा यस हप्ताबाट ईजरायलले प्यालेष्टाईनीहरुलाई भाग्न दिएको छैन, चौतर्फी घेराबन्दी गरेर हमला गरीरहेको छ, जसका कारण दैनिक दर्जनौँ निहत्था मानिसहरुको ज्यान गईरहेको छ ।

सँयुक्त राष्ट्रसंघ सहित अन्तराष्ट्रिय समुदायले युद्ध विराम गर्न दबाब दिए पनि ईजरायलले गाजालाई थप ध्वस्त पारिरहेको छ ।

बाहिरबाट आउने खाद्यन्न तथा स्वास्थ्य सामाग्रीको सहयोग पनि केही समयदेखि गाजामा प्रवेश गर्न ईजरायली सेनाले दिएको छैन । उत्तरी गाजामा ९ दिनमा मात्रै ३ सय बढी निहत्था प्यालेष्टाईनी महिला बालबालिका र आम नागरिकको मृत्यु भएको अलजजिराले जनाएको छ ।

ईजरायली नाकाबन्दी घेराउ र हत्याका कारण गाजामा प्यालेष्टाईनीहरु जनावार , गधाहरु घोडाहरु मारेर खान बाध्य भईरहेको अक्सफामका अधिकारी बुसरा खालिदिले बताएका छन् ।

उनले १० दिन देखि ईजरायली सेनाले उत्तरी गाजालाई पूर्ण चौतर्फी घेरेर कुनै खाद्यन्न वा सहयोग प्रवेश गर्न नदिएको बताएका छन् ।

यस्तो स्थितिमा प्यालेष्टाईनी नागरिकहरुले बरु घरैमा मर्न तयार भएर बसिरहनु परेको छ ।

यस्तो मानवीय संकट पैदा हुँदा समेत अमेरीका, बेलायत सहित पश्चिमा देशहरु ईजरायललाई हतियार र सहयोग दिईरहेका छन् । रुस ईरान सहितका देशले युद्धको बिरोध गर्दै आएका छन् ।

सँयुक्त राष्ट्रसंघ लगभग निरीह सावित भएको छ । उसले नत युद्ध विराम गराउन सकेको छ नत मानवीय सहायता पुर्याउन नै ।

गाजामा यो अमानवीय स्थितिबाट विश्व समुदायको ध्यान भड्काउन ईजरायलले लेवनानमा बमबारी र आक्रमण जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी